नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेले आफ्नो मजबुत पकड क्षेत्रको रुपमा बैजनाथलाई मानेको छ ।
सोही अनुसार नेकपा एसले स्थानीय निर्वाचनमा राम्रो मत ल्याउन सफल बैजनाथमा आफ्नो पकड मजबुतीका साथ काम राखेको एसका नेताहरु बताउछन् ।
नेकपा एसले प्रतिनिधि सभा तथा प्रदेश सभामा बाँकेमा कुनै सिट नपाए पनि समानुपातिक मत माग्दै आफ्नो मोर्चालाई मजबुती दिएको नेकपा एसका नेताहरु बताउछन् ।
नेकपा एसले समानुपातिक मतको लागी घरदैलोको आज अन्तिम दिन बैजनाथमा घरदैलो कार्यक्रम सम्पन्न गरेको बताए ।
