नेपालगन्ज : मंसिर ४ को मिति नजिकिदै गर्दा बाँकेमा चुनावी रौनक चरममा पुगेको छ ।
यो संगै विभिन्न पार्टी परित्याग गर्ने र पार्टी प्रवेशको लहर समेत चलेको छ । यस्तैमा आज खजुराका दर्जन युवाहरुले नेकपा एमाले परित्याग गरि कांग्रेस रोजेका छन् ।
गत हप्ता मात्रै बिकास सापकोटा सहित दर्जनौं युवा नेकपा एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका थिए भने आज मात्रै युवा नेता उत्सब सिजालीको पहलमा कांग्रेस प्रवेश गरेका छन् ।
सिजालीका अनुसार नेकपा एमाले परित्याग गरि खजुरा गाउँ पालिका वडा न.३ निवासी युवा नेता पिताम्बर लामीछाने, खजुरा युवा क्लबका अध्यक्ष राजु कोइराला ,एमाले समर्थक सुदिप रुचाल, आकाश खडका लगायत दर्जनबढी युवाहरु नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
नव प्रवेशीलाई नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्रि तथा क्षेत्र नम्बर तिनका गठबन्धनका उम्मेदवार किशोर सिंह राठौरले स्वागत गरेका थिए ।