नेपालगन्ज : मंसिर ४ गतेको मिति नजिकिदै गर्दा बाँकेको चुनावी माहोल पनि उतिक्कै तातिएको छ ।
हिन्दुतवको बहुल्यता भएको बाँके क्षेत्र नम्बर २ मा दुई गठबन्धन र जसपाको उम्मेदवार लगायत १४ उम्मेदवारलाई हराएर विजयी बन्ने दाउमा छन् दिवाकर शर्मा खनाल ।
नेपाल सिवसेनाको समर्थन रहेको स्वतन्त्र उम्मेदवार दिवाकर खनाल शर्माले आफ्नो चुनाव चिन्ह (अर्ना) लिएर चुनावी अभियान तिब्र गति प्रचारप्रसारमा अगाडी बढेको देखिन्छ ।
उता खनाल बताउछन म हरेक मतदाताको घर घरमा पुग्दै आएको छु । मतदाताले मलाई र मेरो एजेन्डालाई मन पराएका छन् र मलाई बाचा गरेका छन यसपटक अर्नामा मतदान गरि हिन्दुत्व जोगाउन सहयोग र अपिल गर्ने अधिकाम्स भेटेको मतदाताले बिश्वासका साथ सहयोग गर्ने बताएका छन ।
बाँके क्षेत्र नम्बर दुई प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गरेर चुनावी माहोलमा होमिएका खनाललाई
नेपाल सिवसेनाले समर्थनमा बाके क्षेत्र नम्बर दुई प्रतिनिधि सभा सदस्यमा दिवाकर शर्मा खनाल र प्रदेश सभा सदस्य बाँके २ (ख) मा राजकुमार रोैनियारले उम्मेदवारी घोषणा गरेर चुनावी माहोलमा होमिएका छन ।