खाडीमा तापक्रम ५० डिग्री नाघेपछि जनजीवन अस्तव्यस्त, कुन देशमा कति पुग्यो ?
काठमाडौं : केही दिनयताको प्रचण्ड गर्मीका कारण खाडीका विभिन्न मुलुकहरूको जनजीवन अस्तव्यस्त बन्न थालेको छ ।
साउदी अरेबियाका विभिन्न भागमा आइतबार तापक्रम ५० डिग्री सेल्सियस भन्दा माथि पुगेको त्यहाँको मौसम विभागले जनाएको छ ।
प्रचण्ड गर्मीका कारण साउदीका अजमान उपत्यकामा दुई जनाको तिर्खाएर मृत्युु भएको कुवेत सिटिले जनाएको छ । सवारी साधन लिएर भेडा लिन गएका ८२ वर्षीय वृद्ध र उनको ८ वर्षीय छोराको ज्यान गएको हो ।
घर फर्किने बेला बालुवामा गाडी फसेपछि समस्यामा परेको र पानी पिउन नपाएपछि तिर्खाएर प्राण त्याग गरेको पनि उक्त अनलाइनले लेखेको छ ।.
हाल खाडीका विभिन्न देशमा लाखौं नेपाली कार्यरत रहेका छन् । कतार तथा साउदीमा प्रचण्ड गर्मीको समयमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म खुला ठाउँमा काम गर्न प्रतिबन्ध लगाइएको छ ।