मलेसियामा कार्यरत देव बहादुर गुरुङ एकाएक बेपत्ता, खोजि गरिदिन आग्रह

मलेसियामा कार्यरत देव बहादुर गुरुङ एकाएक बेपत्ता, खोजि गरिदिन आग्रह

वैदेशिक रोजगारीको क्रममा मलेसियामा काम गर्दै आएका मलेसियाको सेलाङ्गर स्थित केलाङ सेन्टर बाटनै गत शनिबारदेखि एक ३४ वर्षिय नेपाली श्रमिक युवक एकाएक बेपत्ता भएका छन्।

शनिबार रातको १०:०० बजे तिर कोठा बाट बाहिर निस्किएका उनी त्यसपछि आजसम्म सम्पर्कमा आएका छैनन् , गोरखा बारपक ८ स्थित घर भएका देव बहादुर गुरुङका माहिलो छोरा खुसी राम गुरुङ विगत १० वर्ष अघि मलेसिया आएका उनी ४ महिना पछि घर जाने तरखरमा रहेका थिए।

अविबाहित गुरुङ कुनै किसिमको मानसिक तथा शारीरिक रोगी समेत नरहेको संगै काम गर्ने सहकर्मी साथीले बताएका छन्।

घर परिवार र साथीहरू संग कम लै घुलमिल रहने उनका मलेसियामा कोही नजिका साथीहरू तथा आफन्त नरहेकाले भागेर अरु ठाउँ जाने संका गर्ने ठाउँ समेत नभएको साथीहरू बताउछन् ।

बैधानिक रुपमै रहेर काम गरिरहेका गुरुङ अचानक बेपत्ता हुँदा संगैका साथीहरू चिन्तित भएका छन्। कहि कतै कसैले पनि देख्नु वा भेट्नु हुनेले नजिकैको प्रहरी कार्यलय ,

अथवा नेपाली राजदुतावासको हटलाईन नम्बर +६०१६२४७२७७७ , मलया खबरको सम्पर्क नम्बर +६०११७२३२८१५० वा सोझै +६०११५९४६१००४ मा सम्पर्क गरिदिन साथै यस् समाचार लाई धेरै भन्दा धेरै सेयर गरेर घर सम्म जानकारी गरिदिनुहुन समेत उनका साथीहरुले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published.