युएईका राष्ट्रपतिको निधन, सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द

युएईका राष्ट्रपतिको निधन, सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द

दुबई | संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ ।

उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ ।

‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ ।

संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ’,वामले ट्वीट गरेको छ । नाह्यान लामो समयदेखि बिरामी रहेको जनाइएको छ ।

सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *