मलेसियामा कोरोनाबाट दुई हजारभन्दा बढी संक्रमित, चार जनाको मृत्यु, के होला मलेसिया रोजगार..

मलेसियामा कोरोनाबाट दुई हजारभन्दा बढी संक्रमित, चार जनाको मृत्यु, के होला मलेसिया रोजगार..

मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

त्यसैगरी गएको २४ घन्टा यता मात्र यहाँका संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् ।

यहाँ अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ।

त्यसैगरी यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पनि पाइएको छ । यहाँ अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय संक्रमितहरु रहेका बताइएको छ ।

तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।–सिन्ह्वा

.

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *