शिक्षक सेवा आयोगले थप्यो निमाविको फारम भर्ने म्याद

काठमाडौँ

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद दुईदिन थप गरेको छ ।

पूर्वनिर्धारित सूचनाअनुसामाघ ६ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद माघ १३ गतेसम्म तोकिएकोमा दरखास्त दिने उम्मेद्वारहरुको सुविधालाई ध्यानमा राखी सो म्यादमा दुई दिन थप गरी माघ ८ गते राती ११ः५९ बजेसम्म र दोब्बर दस्तुरको म्याद माघ १५ गते राती ११ः५९ बजेसम्म कायम गरिएको छ ।

उक्त थपिएको म्याद सकिएको भोलिपल्ट बैङ्किङ कारोबार हुने समयभित्र तोकिएको राजश्च दस्तुर रकम तेकिएको बैङ्कमा अनिवार्य रुपमा जम्मा गर्न आयोगको आजको बैठकले निर्णय गरेको एक सूचना जारी गरी जानकारी दिएको छ ।

१७ हजार पदका लागि आवेदक दुई लाख नाघे
शिक्षक सेवा आयोगले आगामी चैत्रमा पहिलो चरणको सामान्य परीषा सञ्चालन गर्ने गरी गरेको खुलातर्फको तृत्तीय श्रेणीको शिक्षक पदको विज्ञापनका लागि आवेदकको संख्या दुईलाख नाघेको छ । माध्यमिक, निम्न माध्यमिक तथा प्राथमिक तहका १७ हजार २३३ शिक्षक पदका लागि खुलाएको विज्ञापनमा आवेदन दिने परीक्षार्थीको स.ख्या दुई लाख बढी पुगेको हो ।

आयोगले मंसिर २९ गते खुलाएको मावि तहको एक हजार ५४२ दरबन्दीका लागि ३६ हजार ५०० आवेदन परेको आयोगले जानकारी दियो । आयोगका अनुसार निमावि तहको पुस ७ गते गरेको विज्ञापनका लागि आवेदन दिनेको संख्या आजसम्म ८५ हजार आवेदन परिसकेको छ । इच्छुक परीक्षार्थीले माघ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सक्नेछन् । आयोगका अनुसार निमाविमा एक् लाख भन्दा बढी आवेदक हुने संभावना देखिएको छ । त्यस्तै प्रावि तहमा आयोगले पुस १४ गते १३ हजार ९३ जनाका लागि विज्ञापन गरेको थियो । सो पदका लागि ९१ हजार आवेदन परिसकेको छ ।

प्राविको लागि यही १३ गतेसम्म नियमित र १४ गतेदेखि २० गतेसम्म दोब्बर शुल्क तिरेर पारम भर्न सकिने हुँदा आवेदकको संख्या एक लाख २० हजारको हाराहारीमा हुने आयोगको अनुमान छ ।

Leave a Reply

Your email address will not be published.