एकाबिहानै अध्यक्ष बन्न विद्यार्थी नेता प्रचण्ड निवासमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेताहरुले छलफल गरेका छन् । आइतबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर विद्यार्थी नेताहरुले छलफल गरेका हुन् । अखिलको नेतृत्व छनोटबारे छलफल भएको बुझिएको छ ।

अनेरास्ववियु क्रान्तिकारीको जारी सम्मेलनले नेतृत्व छनोट गर्ने भएपनि अध्यक्षका आकांक्षी धेरै भएपछि सहमति जुट्न सकेको थिएन ।

सहमति नजुटेपछि पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्व छनोट गर्ने जिम्मा दिएको थियो । अनेरास्ववियुमा पन्चा सिंह र सुरेन्द्र बस्नेत प्रमुख दावेदारका रुपमा छन् ।

विद्यार्थी नेताहरुसँगको छलफलबाट सहमतिमै आज नेतृत्व छानेर अखिलको सम्मेलन सकिदैछ । शनिबार नै सकिने भनेको सम्मेलन नेतृत्व छनोटमा सहमति नजुटेपछि एक दिन लम्बिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *